घर जग्गा नेपालमा बिक्रिमा रहेका प्रोपर्टीको मूल्य कसरि तय हुन्छ ? मूल्य निर्धारणमा घर जग्गा नेपालको भूमिका के हुन्छ ?

2020-04-19

– घर जग्गा नेपाल Real Estate Property बिक्रि गर्न – भाडामा दिन तथा सट्टा पट्टा गर्ने एक अनलाइन प्लेटफर्म हो / नेपालको सबै ठाउमा बिक्रीमा रहेका प्रोपर्टी हरु यस प्लेटफर्ममा लिस्टिंग गर्न सकिन्छ /


– बिशुद्ध बिज्ञापन प्लेटफर्मको रुपमा मात्र कार्य गर्ने , किनबेच सम्बन्धि सबै कारोबार किन्ने र बेच्ने बीच सिधा हुने भएकोले र घर जग्गा नेपाल आफैले एजेन्टको रुपमा कार्य नगर्ने भएकोले , घर जग्गा नेपालमा लिस्टिंग भएको सबै प्रोपर्टीको विवरण फोटो तथा मूल्य हरु सम्बन्धित बिक्रेताले तय गरे बमोजिम हुनेछ / मूल्य निर्धारणमा घर जग्गा नेपालको कुनै भूमिका हुदैन /


– कसै कसैले , घर जग्गा नेपालको वेबसाइटमा देखाइएको मूल्य बजार मूल्य भन्दा धेरै छ , मार्जिन धेरै राखेर घर जग्गा नेपालले कमिसन खान्छ भन्ने खालका अफबाह फैलाएको हामीले सुनेको छौं / यी अफबाह मात्र हुन् / घर जग्गा नेपालले लिने दिने प्रक्रियामा कुनै मध्यस्थताको कार्य गर्दैन , प्रोपर्टी धनि बाट लिने बिज्ञापन बापतको शुल्क बिज्ञापन गर्दा कै बखत लियिने र बिक्रि भए पछि अन्य कुनै शुल्क वा कमिसन पनि लियिदैन /


– वेबसाइटमा लिस्टिंग भएका मूल्य अन्तिम मूल्य नहुने भएकोले , खरिद गर्न इच्छुकले प्रोपर्टी विवरण हेरी आफ्नो आवस्यकता संग म्याच हुने प्रोपर्टी short list गरि , अन्तिम मूल्य सम्बन्धित बिक्रेता संग नेगोसियसन गर्न सक्नु हुन्छ / बिक्रेताको सम्पर्क नम्बर घर जग्गा नेपालको वेबसाइटमा सम्बन्धित प्रोपर्टीको details पेजमा हेर्न सक्नु हुनेछ /

Leave A Comment