In Simple words, we’ll put your properties in front of the biggest audience of Property Buyers in the Nepalese communities living in Nepal or abroad. More eyes on your properties means more inquiries, which could lead to a quicker sale. And if you’re an estate or lettings agent, being on Ghar Jagga Nepal is a great way of getting your brand in front of potential vendors and landlords.
२०७० साल देखि संचालित घर जग्गा नेपालको वेबसाइट नेपालको रियल स्टेट सेक्टरमा सबै भन्दा धेरै हेरिने र खोजिने वेबसाइट हो / नियमित अपडेट , सत्य र तथ्यमा आधारित प्रोपर्टी विवरण राखिने हुदा बास्तबिक प्रोपर्टी बिक्रेताको शुरु र अन्तिम खोजि गन्तब्य घर जग्गा नेपाल को वेबसाइट हो /
घर जग्गा नेपालको फेसबुक पेज घर जग्गा बिक्रि सम्बन्धि नेपालकै सबै भन्दा धेरै Like र Followers भएको पेज हो / हाल यस पेजमा १३ लाख ५० हजार + Followers रहेका छन् / रियल स्टेट सेक्टरको मात्र नभएर नेपालको प्रचलित ONLINE NEWS PORTAL : रातोपाटी , नयापत्रिका , अन्नपुर्ण पोस्ट मा भन्दा घर जग्गा नेपाल को पेज धेरै ले follow गरेका छन् भने सेतोपाटी , अनलाइनखबर कै हाराहारी Followers रहेका छन् / जहाँ धेरै Audience छन् - स्वाभाविक रुपमा त्यहि नै छिटो छरितो प्रोपर्टी हुन सक्छ /
बिगत ८ बर्षको अनुभबका आधारमा छिटो छरितो बिक्रि हुन सक्ने गरि बिज्ञापन प्लान हरु डिजाइन गरिएका छन् र विभिन्न features हरु समाबेश गरिएका छन् / फेसबुकमा Sponsored बूस्टिंग , वेबसाइटमा बिसेष हाइलाइट , किन्न खोजिरहेका व्यक्ति लक्षित गरि Matching Alert , YouTube , Twitter , Instagram , LinkedIn , Pinterest लगायत का संजालमा थप प्रोमोसन लगायतका सेवाहरु बिज्ञापन प्याकेजमा संलग्न गरिएका छन् /
यस पोर्टलका संचालक तथा कर्मचारी पूर्ण रुपमा तन मन धनले यसै पेशा प्रति दत्तचित्त छन् र अन्य ब्यबसाय छैन / ८ बर्ष देखि समर्पित भएर संचालित प्लेटफर्ममा उचित मूल्य राखेर बिज्ञापन गर्नु हुदा नबिक्ने कुरै छैन /
तपाईको बजेट र आवस्यकता अनुसारको प्याकेज छनौट गरि प्रोपर्टी बिज्ञापन गर्नुहोस
घर जग्गा नेपालको वेबसाइटमा Basic Member ले 50 वटा सम्म , Featured Member ले 100 सम्म र Premium Member ले Unlimit प्रोपर्टी अपलोड गर्न सक्ने छन् /
घर जग्गा नेपालको वेबसाइटमा तपाई तथा तपाइँ मातहतका एजेन्टले अपलोड गरेका प्रोपर्टीहरु सबै एकै पेजमा हेर्न मिल्ने गरि राखिन्छ जसलाई प्रोफाइल पेज भनिन्छ / यस प्रोफाइल पेज लाइ 13 लाख 50 हजार Like तथा Followers भयको घर जग्गा नेपालको फेसबुक पेजमा पोस्टिंग गरि अझ थप प्रोमोसनको लागि SPONSORED BOOSTING गरिन्छ /
यस प्रोफाइल पेज लाइ हरेक महिना १ पोस्ट गरि Basic Member को हकमा 5 दिन सम्म , Featured Member को हकमा 7 दिन सम्म र Premium Members को हकमा 10 दिन सम्म Boosting गरिन्छ र Membership अबधि भित्र हरेक महिना यो क्रम चलि राख्ने छ /
Profile Boosting प्याकेजमा नै समाबेश गरिएको छ / यस बाहेक कुनै प्रोपर्टी को छुट्टै बुस्टिंग गर्न चाहदा जे जति रकमको बुस्टिंग गर्न चाहनु हुन्छ , उक्त सेवा उपलब्ध गराउन सक्ने छौं /
– Basic Plan मा हरेक नया प्रोपर्टी १ पटक पोस्टिंग गरिन्छ , Featured Plan मा २ पटक र Premium Plan मा ३ पटक सम्म पोस्टिंग गरिन्छ / पोस्टिंग समय २४ घण्टा भित्रको कुनै पनि समय उपलब्ध TIME SLOT मा निर्भर गर्ने छ , यति नै बजे – समयमा पोस्टिंग गरिनु पर्छ भन्ने माग स्वीकार गरिने छैन , साथै , फेसबुक पोस्टमा Phone number र हेरफेर भै राख्न सक्ने भयकोले Property Price उल्लेख गरिने छैन /
Membership शुल्क भुक्तानी अग्रिम रुपमा घर जग्गा नेपाल प्रा लि को Bank वा eSewa एकाउन्ट मार्फत गरिनु पर्दछ। ग्राहकको कार्यालयमा आयर शुल्क संकलन गरिने सेवा प्रदान गर्न सकिने छैन / Membership अबधि सकिनु अवागै नबिकरण नभयको खण्डमा अबधि सकिना साथ Automatic रुपमा सिस्टमले PROPERTY MANAGER WIZARD निलम्बन गर्दछ र वेबसाइट बाट प्रोपर्टी लिस्टिंग HIDE हुने छ भने शुल्क भुक्तानी हुन साथ PROPERTY MANAGER WIZARD सूचार हुने छ र प्रोपर्टी लिस्टिंग वेबसाइटमा खुल्ने छ /
Membership अबधि सकियको २८ दिन भित्र पुन : नबिकरण नभयको खण्डमा listing भयका प्रोपर्टीहरु वेबसाइट बाट आफसे आफ पूर्ण रुपमा delete हुने छ /
नोट : नेपाली बजारमा ब्याप्त उधारो प्रथा, भोलि पठाई दिउला – अर्को हप्ता पठाउला भन्ने खालका अनुरोध स्वीकार्न सकिने छैन / पूर्ण रुपमा software बाट कन्ट्रोल हुने भयकाले यस्ता अनुरोध चाहेर पनि लागु गर्न नसकिने जानाकारी गराउन चाहन्छौं /
Membership शुल्क निर्धारण गरिदा हालको नेपाली REAL ESTATE बजारको अबस्थालाई ध्यानमा राखीएको छ र सके सम्म कम शुल्कमा धेरै सेवा प्रदान गर्ने लक्ष्य राखियको छ , जुन हामीले संलग्न गरेको FEATURES मा महशुस गर्न सक्नु हुन्छ / तय गरिएको बिज्ञापन शुल्क मा छुट उपलब्ध हुने छैन – बिज्ञापन शुल्क सम्बन्धि नेगोसियसन गरिने छैन।
घर जग्गा नेपाल प्रा लि २०७० साल चैत्र ११ गते कम्पनि रजिस्टार कार्यालयमा दर्ता भै संचालित कम्पनि हो / घर जग्गा नेपालको वेबसाइटमा दैनिक ५० हजार + पेज भिजिट हुने गरेको छ भने फेसबुक पेजमा १३ लाख ५८ हजारले Like तथा Follow गर्नु भएको छ / हामीलाई सहज सम्पर्क गर्न चाहनु हुदा HELP DESK मार्फत सम्पर्क गर्न सक्नु हुनेछ /