घर बिक्रीको विज्ञापन राख्दै हुनुहुन्छ? लिस्टिङ अपलोड गर्दा अनिवार्य रूपमा खुलाउनुपर्ने कुराहरूको पूर्ण गाइड
घर बेच्नका लागि अनलाइन विज्ञापन गर्नु आजको समयमा सबैभन्दा उत्तम र छिटो उपाय हो। तर, धेरैजसो प्रयोगकर्ताहरूले विज्ञापन राख्दा यस्ता अपुरा विवरणहरू मात्र लेख्ने गर्नुहुन्छ:
- “घर बिक्रीमा छ, सम्पर्क गर्नुहोला।”
- “अर्जेन्ट घर बिक्रीमा, मूल्य फोनमा बुझ्नुहोला।”
- “आकर्षक साढे दुई तलाको घर बिक्रीमा, ठेगाना र मूल्यको लागि इनबक्स (Inbox) गर्नुहोला।”
यस्ता अपुरो जानकारी भएका विज्ञापनहरू खरिदकर्ताले पत्याउँदैनन्, झन्झट मान्छन् र हाम्रो प्रणालीले पनि यस्ता विज्ञापनहरू स्वीकृत (Approve) गर्दैन। यसका साथै, वेबसाइटमा विशेष सर्च फङ्सन (Search Function) हरू हुन्छन्, जुन विवरण (Content) मा प्रयोग भए अनुसार काम गर्छन्। पूरा विवरण नराख्दा तपाईंको विज्ञापन सर्च रिजल्टमा देखिने सम्भावना एकदमै कम हुन्छ।
यदि तपाईं Ghar Jagga Nepal मा आफ्नो घर बिक्रीको लागि राख्दै हुनुहुन्छ भने, लिस्टिङ अपलोड गर्दा यी कुराहरू अनिवार्य रूपमा समावेश गर्नुहोस्:
१. प्रोपर्टीको पूरा विवरण र ठेगाना (Property Details & Address)
घरको भौतिक अवस्था, लोकेसन र बनावटको बारेमा स्पष्ट लेख्नुहोस् ताकि क्रेताले हेर्ने बित्तिकै सबै कुरा बुझ्न सकोस्:
- पूरा ठेगाना: घर अवस्थित रहेको जिल्ला (District), नगरपालिका/गाउँपालिका (Municipality), वडा नम्बर (Ward Number), क्षेत्र (Area Name), र टोलको नाम (Tole Name) स्पष्ट रूपमा लेख्नुहोस्।
- जग्गाको क्षेत्रफल, मोहोडा र पिछड: जग्गाको कुल क्षेत्रफल कति हो? जग्गाको मोहोडा र पिछड कति फिट छ?
- बाटोको चौडाई र अवस्था: घर अगाडिको बाटो कति फिट चौडा छ? बाटो कालोपत्रे (पिच) छ कि ग्राभेल, र त्यो बाटो सरकारी नक्सामा दर्ता छ कि छैन?
- घरको बनावटको प्रकार (Structure Type): घर पिलर सिस्टम (RCC Frame) हो कि, फलामको संरचना (Iron/Steel Structure) हो वा प्रिफ्याब (Prefab) हो, स्पष्ट खुलाउनुहोस्। यदि पिलर सिस्टम हो भने पिलरको साइज (जस्तै: 9×9 वा 12×12 इन्च) र कुल पिलर संख्या कति छ, त्यो पनि लेख्नुहोस्।
- ढोका र झ्यालहरू (Doors & Windows): ढोका र झ्यालहरूमा काठ (Wooden), आल्मुनियम (Aluminum) वा पिभिसि/युपिभिसि (PVC/uPVC) के प्रयोग गरिएको छ?
- आन्तरिक सजावट र फिनिसिङ (Internal Decoration & Finishing): घरभित्र प्लास्टर, पुट्टी, फल्स सिलिङ (False Ceiling) गरिएको छ कि छैन? भुइँमा मार्बल (Marble), टायल (Tile) वा पारकेट (Parquet) के बिछ्याइएको छ? भान्सा सामान्य छ कि मोड्युलर किचन (Modular Kitchen) हो?
- पानी र बिजुलीको व्यवस्था (Utilities): सरकारी खानेपानीको लाइन छ कि बोरिङको व्यवस्था छ? जमिनमुनिको पानी संकलन गर्ने ट्याङ्कीको क्षमता (Underground Water Tank Capacity) कति लिटरको हो? बिजुली सिंगल फेज हो कि थ्री-फेज (3-Phase) हो?
- घरको उपयोगिता र प्रकार (Property Usage): घर एकल परिवार (Single Family) का लागि मात्र उपयुक्त छ कि, आंशिक वा पूर्ण रूपमा भाडामा दिन मिल्ने (Rental Potential) खालको हो, अथवा यो कुनै विशेष व्यावसायिक प्रोपर्टी (Commercial Property) हो, स्पष्ट रूपमा खुलाउनुहोस्।
- मासिक भाडा आम्दानी (Monthly Rental Income): यदि घर हाल भाडामा दिइएको छ वा भाडामा दिन मिल्ने संरचना छ भने, त्यसबाट आउने हालको वा अनुमानित मासिक भाडा आम्दानी कति हो, त्यो पनि उल्लेख गर्नुहोस्।
- कानुनी अवस्था (Legal Status): घरको नक्सा पास (Map Approved) भएको छ कि छैन र स्थानीय निकायबाट घर सम्पन्न प्रमाण-पत्र (Building Completion Certificate) लिइएको छ कि छैन?
- घरको विवरण र तला अनुसारको बनोट (Floor Plan): घर बनेको साल, पार्किङ स्पेस (कतिवटा गाडी/मोटरसाइकल अटाउँछ) र हरेक तलामा के-के कोठाहरू छन् स्पष्ट लेख्नुहोस्। (नमुना: Ground Floor: 2 Bedroom, 1 Kitchen, 1 Living Room, 1 Bathroom आदि)
- उपलब्ध सुविधाहरू र दूरी: घर नजिकै रहेका महत्त्वपूर्ण सुविधाहरू जस्तै: स्कुल (School), कलेज (College), अस्पताल (Hospital), प्रहरी चौकी (Police Station), वडा कार्यालय (Ward Office), र सार्वजनिक यातायात चढ्ने ठाउँ (Public Transport Stop) कति दूरीमा वा पैदल हिँड्दा कति मिनेटको बाटोमा छन्, त्यो पनि खुलाउनुहोस्।
- मूल्य (Price): घरको कुल मूल्य कति हो, स्पष्ट रूपमा खुलाउनुहोस्।
२. फोटोको साइज र डायमेन्सन (Photo Requirements)
वेबसाइट छिटो चलोस् र ग्राहकले तुरुन्तै फोटोहरू हेर्न पाऊन् भन्नका लागि हाम्रो सिस्टमले तोकिएको साइज मात्र स्वीकार गर्छ:
- तपाईंले बढीमा ८ वटासम्म फोटोहरू अपलोड गर्न सक्नुहुन्छ।
- प्रत्येक फोटोको साइज बढीमा 300 KB सम्मको हुनुपर्छ।
- फोटोको चौडाई र उचाई (Dimension) 1200 px Width र 800 px Height हुनुपर्नेछ।
- क्यानभा (Canva) को प्रयोग: यदि तपाईंको फोटोको साइज र डायमेन्सन मिलेको छैन भने, फोटोलाई वेबसाइट अनुसार सजिलै मिलाउनका लागि तपाईंले यो नि:शुल्क क्यानभा फोटो एडिटर (Free Canva Photo Editor) प्रयोग गर्न सक्नुहुन्छ।
३. वेबसाइटमा आफैं विज्ञापन राख्दा GPS लिङ्क निकाल्ने तरिका
वेबसाइटको अपलोड फर्म (Upload Form) भर्दा घरको सही GPS लोकेशन (Google Maps Link) राख्नु अनिवार्य छ। लिङ्क निकाल्न निम्न चरणहरू पालना गर्नुहोस्: १. मोबाइल वा कम्प्युटरमा Google Maps खोल्नुहोस्। २. आफ्नो घर भएको ठाउँ सर्च गर्नुहोस् र म्याप जुम गरेर ठ्याक्कै आफ्नो घर पत्ता लगाउनुहोस्। ३. मोबाइलमा भए त्याे ठाउँमा केही बेर थिचेर (Long Press) र कम्प्युटरमा भए राइट-क्लिक (Right Click) गरेर एउटा रातो पिन (Red Pin) ड्रप गर्नुहोस्। ४. त्यहाँ देखिने Share बटनमा क्लिक गरी त्यो गुगल म्यापको लिङ्क कपी (Copy) गर्नुहोस्। ५. कपी गरिएको लिङ्कलाई हाम्रो वेबसाइटको विज्ञापन अपलोड फर्ममा रहेको “GPS Link” राख्ने बक्समा पेस्ट (Paste) गरिदिनुहोस्।
💡 के तपाईंलाई बेसिक FREE प्लानमा विज्ञापन राख्न प्राविधिक गाह्रो भयो? (Staff Support)
यदि तपाईं आफैं फोटोको साइज मिलाउन, विवरण लेख्न वा वेबसाइटमा म्याप लिङ्क राख्न सक्नुहुन्न तर हाम्रो बेसिक FREE Plan मै विज्ञापन राख्न चाहनुहुन्छ भने, हाम्रो स्टाफ सपोर्ट उपलब्ध छ:
- स्टाफ सपोर्ट सेवा (Staff Support): मात्र रु. १,२००/- (प्रति प्रोपर्टी) मा हाम्रो प्राविधिक टिमले तपाईंको विज्ञापनलाई स्तरीय र स्ट्याण्डर्ड तरिकाले तयार पारिदिनेछ।
- कसरी सेवा लिने? तपाईंले आफ्नो घरको फोटोहरू, विवरण (माथि उल्लेख गरिए अनुसार) र घरको GPS लोकेशन हाम्रो WhatsApp मा पठाइदिए पुग्छ।
स्टाफ सपोर्ट लिँदा व्हाट्सएपमा लोकेशन पठाउने २ सजिला तरिकाहरू:
- तरिका ‘क’ (यदि तपाईं घरमै हुनुहुन्छ भने): व्हाट्सएप च्याट बक्समा रहेको ए्याट्याचमेन्ट (📎 वा +) आइकनमा थिचेर Location मा क्लिक गरी “Share Current Location” वा “Send Your Current Location” पठाइदिनुहोस्।
- तरिका ‘ख’ (यदि तपाईं घरभन्दा टाढा हुनुहुन्छ भने): गुगल म्यापमा आफ्नो घर खोजेर रातो पिन ड्रप गर्नुहोस् र त्यसको Share Link कपी गरेर हाम्रो व्हाट्सएपमा पठाइदिनुहोस्।
बाँकी सबै प्राविधिक काम, फोटो रीसाइज, र विवरण मिलाउने काम हाम्रो टिमले गरेर वेबसाइटमा विज्ञापन प्रकाशित गरिदिनेछ।
📢 महत्त्वपूर्ण नोटहरू (Important Notes)
- वेबसाइटमा विज्ञापन अपलोड गरी पब्लिस (Publish) भइसकेपछि FREE PLAN (BASIC) को हकमा उक्त प्रोपर्टीलाई हाम्रो Facebook, LinkedIn, TikTok, र Instagram मा १ पटक पोस्ट गरिनेछ। निम्न बमोजिम फोटोहरू WhatsApp 9849812684 मा पठाइदिनुहोस्: फेसबुक र लिङ्क्डइन (Facebook / LinkedIn) को पोष्टका लागि 1200 px / 1200 px Dimension तथा स्टोरी (Story) र टिकटक (TikTok) को लागि 1920 px / 1080 px।
- पेड प्लानका लागि विशेष सुविधा: यदि तपाईंले Staff Support (रु. १,२००/-) वा अन्य कुनै पनि Paid Plan लिनुभएको छ भने, सामाजिक सञ्जालका लागि आवश्यक पर्ने यी सबै फोटोका डायमेन्सनहरू (Photo Dimensions) हाम्रो टिमले आफैं तयार गरिदिनेछ।

Leave a Reply
You must be logged in to post a comment.