How to Find Property & Get Support on Ghar Jagga Nepal

ESTABLISHED 2013   |   ZERO COMMISSION

घर जग्गा नेपालबाट आफ्नो आवश्यकताअनुसार घरजग्गा कसरी खोज्ने?

सन् २०१३ मा स्थापना भएको घर जग्गा नेपाल (gharjagganepal.com) घरजग्गा खरिद, बिक्री तथा भाडासम्बन्धी जानकारी आदानप्रदान गर्ने डिजिटल प्लेटफर्म हो। फेसबुकमा १२ लाखभन्दा बढी फलोअर्स र दैनिक हजारौँ वेबसाइट भिजिटर्स रहेको यस प्लेटफर्ममा घरधनी, रियल इस्टेट एजेन्ट, एजेन्सी तथा डेभलपर्सहरूले आफ्ना प्रोपर्टीहरू सूचीकृत गर्छन्।

हामी आफैँ एजेन्ट वा ब्रोकरको रूपमा काम गर्दैनौँ र प्रोपर्टी खरिद-बिक्री वा भाडामा लिएबापत कुनै कमिसन लिँदैनौँ। खरिदकर्ता र विक्रेतालाई सिधै जोड्नु तथा घरजग्गासम्बन्धी जानकारी सहज रूपमा उपलब्ध गराउनु हाम्रो मुख्य उद्देश्य हो।

तपाईंले घर जग्गा नेपालबाट मुख्यतया यी ३ किसिमका सहयोग लिन सक्नुहुन्छ:
१. सूचीकृत प्रोपर्टीको लिंक वेबसाइटमा पहिल्यै सूचीकृत (List) भइसकेका प्रोपर्टीहरूको जानकारी तथा सम्बन्धित लिंक पाउन।
२. नयाँ प्रोपर्टीको जानकारी तपाईंको आवश्यकतासँग मिल्ने नयाँ प्रोपर्टी वेबसाइटमा थपिनासाथ म्यासेजमार्फत जानकारी पाउन।
३. निःशुल्क Requirement पोस्ट तपाईंले खोज्नुभएको जस्तो प्रोपर्टीको आवश्यकता हाम्रो वेबसाइट र फेसबुक पेजमा निःशुल्क पोस्ट गराउन।
१

प्रोपर्टीको विवरण र सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर प्राप्त गर्नुहोस्

  • सिधै वेबसाइटमा खोज्नुहोस्: तपाईंले gharjagganepal.com मा गएर नेपालका विभिन्न स्थानमा बिक्री, भाडा वा सट्टापट्टामा रहेका प्रोपर्टीहरू आफैँ हेर्न सक्नुहुन्छ।
  • सम्पर्क विवरण: प्रत्येक विज्ञापनमा प्रोपर्टीको आधारभूत विवरण, क्षेत्रफल, मूल्य, लोकेसन र विज्ञापन राख्ने सम्बन्धित व्यक्ति (घरधनी, एजेन्ट, एजेन्सी वा डेभलपर) को सम्पर्क नम्बर राखिएको हुन्छ। यसबाट तपाईंले सम्बन्धित व्यक्तिसँग सिधै कुराकानी गर्न र प्रोपर्टी हेर्न जान (Site Visit) सक्नुहुन्छ।
नोट: सबै विज्ञापनमा घरधनीकै नम्बर नहुन सक्छ, कतिपय विज्ञापन रियल इस्टेट एजेन्ट, एजेन्सी वा डेभलपर्समार्फत पनि राखिएका हुन्छन्।
२

सामाजिक सञ्जालका पोस्टहरू कसरी हेर्ने? (महत्त्वपूर्ण जानकारी)

  • छोटो विवरण मात्र: हाम्रो फेसबुक पेज तथा अन्य सामाजिक सञ्जालका पोस्टहरूमा हामी अति आवश्यक र छोटो जानकारी मात्र राख्दछौँ। सामाजिक सञ्जालमा प्रोपर्टीको पूरा विवरण, मूल्य र सम्पर्क नम्बर राखिएको हुँदैन।
  • मूल्य किन राखिँदैन?: हाम्रो वेबसाइट (gharjagganepal.com) नै मुख्य प्रणाली (Central Listing System) हो, जहाँ प्रोपर्टी धनी वा विज्ञापनकर्ताले जुनसुकै बेला मूल्य घटबढ वा अपडेट गर्न सक्नुहुन्छ। सामाजिक सञ्जालमा पुरानो मूल्य रहिरहँदा खरिदकर्तामा अन्योल नहोस् भन्नका लागि हामी सामाजिक सञ्जालमा मूल्य लेख्दैनौँ।
  • सम्पर्क नम्बर किन राखिँदैन? (गोपनीयता र अनावश्यक कलको नियन्त्रण):
    • सम्पर्क नम्बर सम्बन्धित व्यक्तिको निजी विवरण हो। सामाजिक सञ्जालमा एकपटक नम्बर पोस्ट गरेपछि पछि उक्त पोस्ट हटाउन सम्भव नहुने भएकाले नम्बर सधैँ सार्वजनिक भइरहन्छ। प्रोपर्टी बिक्री वा भाडामा गइसकेपछि पनि अनावश्यक फोन आइरहने समस्या नहोस् भन्नका लागि हामी सम्पर्क नम्बर वेबसाइटको सम्बन्धित पेजमा मात्र राख्दछौँ, जसलाई प्रोपर्टी बिक्री हुनासाथ सजिलै Hide गर्न सकिन्छ।
    • साथै, सामाजिक सञ्जालमा सिधै नम्बर देख्दा धेरैजसो प्रयोगकर्ताले प्रोपर्टीको विवरण आफ्नो आवश्यकतासँग मिल्छ कि मिल्दैन भनेर नहेरीकनै सिधै फोन गर्ने बानी हुन्छ। यसले गर्दा वास्तविक खरिदकर्ताभन्दा अनावश्यक कलहरू धेरै आउने भएकाले विक्रेतालाई अनावश्यक झन्झट हुन्छ। त्यसैले, पहिले वेबसाइटमा गएर प्रोपर्टीको पूरा विवरण, लोकेसन र मूल्य हेरेर आफ्नो आवश्यकतासँग मिल्ने निश्चित भएपछि मात्र सम्बन्धित व्यक्तिलाई फोन गर्नुहुन हामी प्रोत्साहन गर्दछौँ।
  • लिंकमार्फत विवरण हेर्नुहोस्: सामाजिक सञ्जालमा देखिएको कुनै पनि प्रोपर्टी मन परेमा पोस्टमा कमेन्ट वा म्यासेज गर्नुहोला, हामी तपाईंलाई उक्त प्रोपर्टीको वेबसाइट लिंक पठाउनेछौँ। सही मूल्य, सम्पर्क नम्बर र पूरा विवरणको लागि सधैँ वेबसाइटको सम्बन्धित पेज नै हेर्नुहुन अनुरोध गर्दछौँ।
३

तपाईंको आवश्यकता मिल्ने नयाँ प्रोपर्टी थपिँदा जानकारी पाउनुहोस्

  • आफ्नो आवश्यकता पठाउनुहोस्: यदि वेबसाइटमा हाल उपलब्ध प्रोपर्टीहरूमध्ये तपाईंको बजेट, लोकेसन वा क्षेत्रफल मिल्ने प्रोपर्टी भेटिएन भने आफ्नो आवश्यकता (Requirement) हामीलाई पठाउनुहोस्।
  • नयाँ प्रोपर्टीको लिंक पाउनुहोस्: पछि तपाईंको आवश्यकतासँग मिल्दोजुल्दो नयाँ प्रोपर्टी हाम्रो वेबसाइटमा राखिनासाथ हाम्रो टिमले तपाईंलाई म्यासेजमार्फत उक्त प्रोपर्टीको लिंक पठाएर जानकारी दिनेछ।
४

तपाईंको आवश्यकता (Requirement) वेबसाइट र फेसबुक पेजमा निःशुल्क पोस्ट गर्नुहोस्

  • निःशुल्क पोस्ट सुविधा (गोपनीयता सहित): तपाईंले खोजिरहनुभएको प्रोपर्टी नभेटिएमा, तपाईंको बजेट, चाहेको ठाउँ, जग्गा/घरको आकार र सम्पर्क विवरण (WhatsApp नम्बर) सहितको आवश्यकतालाई हामी पूर्ण रूपमा निःशुल्क प्रकाशन गरिदिनेछौँ। विक्रेताको जस्तै खरिदकर्ताको गोपनीयता सुरक्षित राख्न तथा प्रोपर्टी भेटिइसकेपछि अनावश्यक कल आउने समस्या रोक्न हामी सम्पर्क नम्बर वेबसाइटको सम्बन्धित पेजमा मात्र राख्छौँ भने फेसबुक पेज र अन्य सामाजिक सञ्जालमा नम्बर नराखी आवश्यकताको विवरण मात्र पोस्ट गर्दछौँ।
  • सम्बन्धित व्यक्तिले सिधै सम्पर्क गर्ने: सामाजिक सञ्जालको पोस्टमा रहेको लिंकमार्फत वेबसाइटमा गएर हाम्रो प्लेटफर्ममा जोडिनुभएका घरधनी, एजेन्ट वा डेभलपर्सहरूले तपाईंको आवश्यकतासँग मिल्दो प्रोपर्टी भएमा सिधै तपाईंलाई सम्पर्क गर्नुहुनेछ। प्रोपर्टी भेटिइसकेपछि वेबसाइटबाट तपाईंको नम्बर सजिलै Hide गर्न सकिन्छ।

घर जग्गा नेपाल टिमबाट कस्तो सहयोग (Support) अपेक्षा गर्ने?

हाम्रो सपोर्ट टिमको काम गर्ने तरिका र सीमा स्पष्ट रूपमा यस प्रकार छ:

  • सपोर्टको सीमा: हामी म्यासेज वा सपोर्टमार्फत कुनै पनि प्रोपर्टीको भित्री वा अतिरिक्त विवरण म्यानुअल्ली बताउँदैनौँ। हाम्रो सहयोग केवल तपाईंको आवश्यकता अनुसार वेबसाइटको सम्बन्धित लिंक पठाइदिनुमा मात्र सीमित छ।
  • थप जानकारी कहाँबाट लिने?: प्रोपर्टीका सबै आधारभूत जानकारीहरू वेबसाइटको सम्बन्धित पेजमा नै राखिएका हुन्छन्। यदि तपाईंलाई वेबसाइटमा लेखिएभन्दा थप कुरा बुझ्नु छ वा प्रोपर्टी हेर्न जानु छ भने वेबसाइटमा दिइएको सम्बन्धित विज्ञापनकर्ताको नम्बरमा सिधै फोन वा म्यासेज गर्नुपर्नेछ।
  • कमेन्ट र आवश्यकता पोस्ट: हामी तपाईंले गर्नुभएको म्यासेज र कमेन्टको जवाफमा सम्बन्धित लिंक पठाउने तथा तपाईंको आवश्यकता वेबसाइट र फेसबुक पेजमा पोस्ट गरिदिने सहयोग गर्दछौँ।
  • फोन सपोर्ट उपलब्ध छैन: हामी फोन कलमार्फत कुनै पनि जानकारी वा सपोर्ट दिँदैनौँ। सबै जानकारी र सहयोग म्यासेज वा कमेन्टमार्फत मात्र उपलब्ध हुन्छ।

सहयोग तथा जानकारीको लागि सम्पर्क

  • सम्बन्धित पोस्टमा कमेन्ट गर्नुहोस्: छिटो जानकारी पाउन चाहनुहुन्छ भने सम्बन्धित प्रोपर्टी पोस्टमा नै कमेन्ट गर्नुहोस्।
  • WhatsApp (म्यासेज मात्र — फोन लाग्दैन): WhatsApp: 9849812684
  • सामाजिक सञ्जाल इनबक्स: घर जग्गा नेपाल (Ghar Jagga Nepal) को फेसबुक पेज वा अन्य सामाजिक सञ्जालको इनबक्समा म्यासेज पठाउनुहोस्।

हाम्रो सपोर्ट नीति (Support Policy)

  • पहिलो प्राथमिकता (कमेन्टको जवाफ): हाम्रो टिमको पहिलो प्राथमिकता सामाजिक सञ्जालका पोस्टहरूमा आएका कमेन्टहरूको जवाफ (Reply) दिनु हो। सामान्य अवस्थामा हामी ३ देखि ४ घण्टाभित्र कमेन्टको जवाफ दिइसक्छौँ।
  • दोस्रो प्राथमिकता (इनबक्स म्यासेज): पोस्टका कमेन्टहरूको जवाफ दिइसकेपछि मात्र हामी फेसबुक इनबक्स तथा WhatsApp मा आएका म्यासेजहरूको पालैपालो जवाफ दिन्छौँ। सामान्य अवस्थामा इनबक्स म्यासेजको जवाफ पाउन १० देखि १२ घण्टासम्म लाग्न सक्छ।
Share: